दफा १९
बिदेशी चालक अनुमतिपत्रको मान्यता
कसैले विदेशी राष्ट्रबाट रेल चालक वा सहचालक अनुमतिपत्र प्राप्त गरेको रहेछ भने त्यस्तो व्यक्तिले नेपालमा रेल चलाउन दफा १७ बमोजिम निवेदन दिएमा रेल्वे प्रशासकले रेल चालक वा सहचालकको अनुमतिपत्रको लागि लाग्ने दस्तुर लिई .यस -ऐन बमोजिम रेल चालक वा सहचालकको अनुमतिपत्र दिन सक्नेछ।